मलाई कोफ्ता भेजिटेवल
सामाग्री ः आधा धार्नी आलु, ४०० ग्राम पनिर, ५० ग्राम खुवा, २० ग्राम काजु, १० ग्राम किसमिस, १०० ग्राम कर्नफ्लोर, ४० मि.लि. क्रिम, तेल प|mाई गर्न पुग्ने, २० ग्राम गरम मसलाको पाउडर, मरिचको धुलो २० ग्राम, ५ ग्राम धनियाँ, जिरा, खर्ुसानी, बेसार, नुन स्वाद अनुसारको धनियाँपत्ता काटेको, बदाम पिधेको ।
बनाउने विधि ः थोरै पानीमा आलु गल्ने गरी उसिन्नु र बोक्रा छोर्डाई गिर्खा नरहने गरी मुछ्नु साथमा १०० ग्राम पनिर सहित १०० ग्राम कर्नफ्लोर तेलमा सबै मसला राखी ५ मिनेट जति भुट्नु । अब बाँकी खुवा, पनिर, काजु, किसमिस, क्रिम, वटर, पिनटको पेष्ट सबैलाई मिक्स गरी राख्नु, आलुलाई गोलो गोलो बनाई पनिर भएको मसला बीचमा राखी राम्रोसँग बन्द गर्नु र ब्रेडक्रम लगाई रातो हुने गरी प|mाई गर्नु ।
ग्रेवीको लागि ः २०० ग्राम प्याज काटेको, २५/२५ ग्राम अदुवा लसुन पिधेको, ५० ग्राम गोलभेंडा काटेको तयार गरी प्याजलाई रातो हुने गरी प|mाई गर्नु र लसुन अदुवा गोलभेंडा राख्नु । तेल अनि निक्लिने गरी भुट्नु अनय मसला राखी ग्रेवीलाई तयार गर्नु र प|mाई गरेको कोफ्ता ग्रेवीमा राख्नु ।
 |
भेजिटेवल मुङ्गलायन कोफ्ता करी
सामाग्री ः २०० ग्राम आलु, १५० ग्राम गाँजर, १०० ग्राम मटरको दाना, २०० ग्राम काउलीको फूल, ५० ग्राम ब्रेडक्राम, १०० ग्राम बेसन, आधा चम्चा धनियाँ, जिराको धुलो एक चौथाई चिया चम्चाको, मरिचको धुलो एक चौथाई चिया चम्चाको, बेसार, नुन, तेल स्वाद अनुसारको ।
बनाउने विधि ः आलु, काउली उसिनेर मिच्नु, गाँजर पनिर कोर्नु, बेसन भुट्नु र सबैलाई मसला सहित राम्ररी मल्लु -मुछ्नु) यसलाई गोलो गोलो आकारमा बनाई बसैको बीचमा एक-एक काजु, किसमिस राखी तेलमा प|mाई गर्नु र गोल्डेन कलर भएपछि निकाल्नु ।
ग्रेवीको लागि चाहिने सामाग्री ः १०० ग्राम प्याज, एक टुक्रा अदुवा, लसुन, हरियो खर्ुसानी ४ वटा, १०० ग्राम टमाटर, हरियो धनियाँ ५० ग्राम, काजु ५० ग्राम, किसमिस १०० ग्राम, पनिर, एक चिया चम्चा गरम मसला ।
बनाउने विधि ः प्याज रातो हुने गरी प|mाई गर्नु र अदुवा लसुन टमाटर एवं अन्य सबै मसलाहरू राखी सानो आगोमा सबै चिज मिसिने गरी राम्ररी भुट्नु । अलिकति तेल बाँकी हुँदै बाँकी रहेको काजु, किसमिस, पनिर माथिबाट राख्नु । अब कोफ्तालाई एक भाँडोमा राख्नु र ग्रेवी माथिबाट राखी तातो तातो नै खानुहोस् ।
 |
साबुदाना पुरी
सामाग्री ः १ किलो गहुँको पीठो, आधा किलो साबुदाना, २५ ग्राम जुवानो, नुन स्वादअनुसार, तार्नलाई पुग्ने तेल अथवा घ्यू ।
बनाउने विधि ः साबुदानालाई पखालेर ५ मिनेट जति भिजाउनु र पानी निथारी पीठो चाली साबुदाना जुवानो नुन मिलाई पुरीको जस्तै मुछ्नु सानो गोलो बनाई बेल्नु र पुरी जस्तै गरी तार्नु कुनै अचार वा तरकारीको साथ खानु यो ब्रतहरूमा पनि उपयोगी हुन्छ । इच्छा भएमा यसमा केही आलु पनि मिलाउन सकिन्छ ।
शाही पनिर
सामाग्री ः १ किलो पनिर, २५० ग्राम क्रिम, ५०० ग्राम प्याज कोरेको, ५०० ग्राम टमाटर मिक्सचरमा पिँध्नु, १०० ग्राम वटर, १०० ग्राम टमेटो प्यूरी, ५०० ग्राम अमिलो दही, २० ग्राम मैदा, १५० ग्राम काजु, १०० ग्राम किसमिस, आधा चम्चा जिरा, आधार चम्चा धनियाँ, बेसार, खोर्सर्ााको धुलो, एक चौथाई चम्चा जिराको दाना, नरिवलको जुस, १ चिया गिलास वटर, पिनट पेष्ट, १०० ग्राम केसर ५/६ पिस, तेल प|mाई गर्न पुग्ने, नुन, अजिना मोटो इच्छानुसार ।
बनाउने विधि ः पनिर आधार इन्चको मोटो टुक्रामा काट्नु र हाफ प|mाई गर्नु, किसमिस काजु प|mाई गरी छुट्टै राख्नु । अब बचेको तेलमा प्याज प|mाई गर्नु । रातो भएपछि गोलभेडा पनिर राख्नु । दही मैदा फिट्नु साथै अन्य मसला पनि ४/५ मिनेट पकाउनु धनियाँ प्याजहरू राख्नु तयार भयो ।
मिक्स भेजिटेवल पुलाउ
सामाग्री ः ५०० ग्राम वासमति चामल, १०० ग्राम मटर दाना, ५० ग्राम गाजर, ५० ग्राम फूलकोपि, ५० ग्राम घिउसिमि कोसा, ५० ग्राम वन्दाकोपि सबैलाई पिस गरेर उम्लेको पानीमा डुवाउनु, ४/५ वटा सुकुमेल ल्वाङ दालचिनी तेजपात, १०० ग्राम राम्रो घिउ १/४ टि स्पुन जिरा गेडा, ५० ग्राम प्याज काटेको, नुन इच्छा अनुसार ५० ग्राम काजु ।
बनाउने विधि ः चामल सफ गरी भिजाउनु तरकारहरूको पानी निचरनु । अब घिउ तताई ल्वाङ सुकुमेल राखी प्याज प|mाई गर्नु । चामलको पानी तारी चामललाई ४/५ मिनेट भुट्नु आवश्यक पानी राखी पकाउनु । पाकिसके पछि तरकारीहरू राखी चलाउनु र काजुल सजाउनु । परिकार तयार भयो ।
राजमा ग्रेवी
राजमा एउटा प्रोटिनयुक्त व्यन्जन हो र यसको धेरै परिकार बनाउन सकिन्छ । जस्तै ग्रेवी कवाफ मसला कोफ्ता सुप सबै र हाम्रो परम्पराहरूमा पनि राजमाको ठूलो महत्व छ क्वाटी बनाउँदा विवाह भोजहरूमा र दैनिक भोजनमा समेत र यहाँ धेरै सजिलो तरिका दिइएको छ ।
सामाग्री ः ५०० ग्राम राजमा १ दिन अगाडि पानीमा भिजाउनु १०० ग्राम प्याज काट्नु १०० ग्राम टमाटर पिस २५/२५ ग्राम लसुन अदुवा पेष्ट १/१ टेवुल स्पुन जिरा, धनियाँ, वदाम, नरिवल धुलो १/१ टि स्पुन बेसार, खोर्सर्ाा धुलो ४/५ वटा तेजपात नुन अजिनोमोटो तेल इच्छानुसार ।
बनाउने विधि ः भिजाएको राजमालाई कुकरमा २ सिठी लगाउनु । तेल तताई प्याज राखो हुने गरी प|mाई गर्नु । लसुन, गोलभेडा, तेजपात र अन्य मसला राजमामा राखी ४/५ मिनेट भुट्नु र आवश्यक ग्रेवी राख्नु तयार भयो ।
बनाना कोफ्ता करी
बनाना भनेको सबैलाई नै भएको चिज हा । जस्तै काँचो केरालाई बनार्य खान धेरै गारो छैन र जहाँ पनि पाइन्छ । यसलाई तारेर अचार बनाएर, कोफ्ता बनाएर जे जसरी खाए पनि हुन्छ । हाम्रो छिमेकी देश भारतमा कोफ्ताको भेराइटी धेरै बन्दछ । बढी गरेर शाकाहारी मान्छेहरूले मन पराउँछन् । बढी गरेर शाकाहारी मान्छेहरूले मन पराउँछन् यहाँ कोफ्ता बनाउने तरीका दिइएको छ ।
सामाग्री ः काँचो केरा छ, वटा आलु १०० ग्राम उसिनेर मुछ्नु, १०० ग्राम प्याज कोरेर पानी निचरनु २५/२५ ग्राम अदुवा लसुन पेष्ट धनियाँ पत्ता अलिकति १/४ टि स्पुन जिरा धनिया मरिच वेसार धुलो, यदि खाने भएमा अण्डा १, वेसन २ टेवुल स्पुन, बे्रडक्राम १ टेवुल स्पुन, नुन, अजिनोमोटो इच्छानुसार, तेल पुग्ने गरि ।
बनाउने विधि ः प|mाई पेन या कर्राईमा थोरै तेल तताई प्याज प|mाई गर्नु । अदुवा, लसुन नुन, अन्य मसला, आलु, केरा राखी राम्रोसाग मसला मिल्ने गरि भुट्नु र सानो रसवरी जत्रो बनाउनु र तेल तताई गोल्डेल कलर नभएसम्म प|mाई गर्नु ।
पालक पनिर
सामागी ः ५ कल्ली पालक २०० ग्राम पनिर, १०० ग्राम मटर दाना, १०० ग्राम प्याज कोर्नु, १०० ग्राम टमाटर पिन्नु, २५/२५ ग्राम अदुवा, लसुन पेष्ट, १/१ टेवुल स्पुन जिरा धनिया धुलो, १/२ - १/२ टि स्पुन बेसार, खोर्सर्ाा धुलो, १५ ग्राम कसुरी मेथी, २ टेवुल स्पुन ताजा क्रिम, १ टेवुल स्पुन कोरेको चिज, १/४ टि स्पुन गरम मसला, तेल, नुन, अजिनोमोटो इच्छानुसार ।
बनाउने विधि ः पालक सफा गरि काट्नु र नुन राखी ४/५ मिनेट उसिन्नु पनिर ४ कुने पिसमा सानो काट्नु पालकको पानी निचोरी मिक्सरमा सिलौटोमा पिन्नु, तेल तताई पनिरलाई प|mाई गरि नुन पानीमा डुवाउनु बचेको तेलमा प्याज रातो हुने गरि भुट्नु । लसुन गोलभेडा भटर र अन्य मसलाहरू राखी तेल नछुटिन्जेलसम्म पकाउनु । अब पालक र डुवाइ राखेको पनिर राखी पुन ४/५ मिनेट पकाउनु । चिज र क्रिमले सजाई र्सर्भिस गर्नु ।
कटहर कवाफ
सामाग्री ः एक किलो रुख कटहर तासेर टुक्रा गर्नु, १०० ग्राम प्याज मसिनो काट्नु, १०० ग्राम गोलभेडा १०० ग्राम दही, १/१ टेबुल स्पुन लसुन अदुवा पेष्ट १/१ टेबुल स्पुन जिरा धनियाँ धुलो, १/१ टि स्पुन, बेसार खोर्सर्ाा धुलो १०० ग्राम तेल ४ मुठा हरियो धनिया, काटेको १/२ टि स्पुन गरम मसला नून इच्छानुसार ।
बनाउने विधि ः तेल तताई प्याज प|mाइ गर्नु र टुक्रा गरेको कटहर राखी नून बेसार राखेर सानो आगोमा छोपेर पकाउनु । कटहर पाकेपछि लसुन गोलभेडा र अरु मसलाहरू राखी पुन ५/६ मिनेट पकाउनु । अब दहि फिटेर राख्नु । गरम मसला धनियाँ राखी खान दिन । |