मिर्ठाई परिकार
गाँजरको हलुवा

सामाग्री ः २ किलो गाँजर, २ लिटर दूध, १/२ टि स्पुन सुकुमेल धुलो, ३० ग्राम वदाम, चालीस ग्राम वनस्पति घिउ, २०० ग्राम चिनी, १०० ग्राम खुवा, ५० पिस्ता, ५० ग्राम चकलेट पाउडर ।

बनाउने विधि ः गाँजरलाई धोएर कोर्ने एउटा कर्राईमा गाँजर र दूध राखेर आगोमा ब्साल्ने । दूध सुकेर गाँजर पाकेपछि चिनी सुकुमेलको धुलो हालेर भुट्नु । दस मिनेटपछि घिउ राखेर राम्ररी भुट्नु । खुवा, वदाम, पेस्ता राख्नु र किस्तीमा जमाउनु र माथीबाट चकलेट पाउडर फिटेर राख्नु ।

रसवरी बनाउने तरिका

दुध फटाउने आवश्यक चिज बस्तु यस प्रकार छन्
-क) कागती
-ख) फिटकिरी
-ग) भेनेगर आदि ।

आवश्यक चिज बस्तुहरू ः
-अ) दुध
-आ) चिनी
-इ) छेना छान्ने कपडा
-इ) मैदा वा आरारोट र व्याकिङ पाउडर

बनाउने तरीका ः सबभन्दा पहिले दुध उमाल्ने त्यसपछि दुधलाई तर जम्ने गरी सेलाउन दिने तयपछि ५ लिटर दूध बराबर एक लिटर पानी उमाल्ने, उम्लिसकेको पानीमा आधा गिलास भेनेगर हाल्ने वा १०० ग्राम फिटकीरी पगाल्ने र त्यो मिक्स पानीलाई केही तातो दुधमा हाल्ने दुध फाट्छ । ९/१० मिनेट पछि छेना छान्ने कपडामा विस्तारै हाल्नुहोस् र विस्तारै निचाड्नुहोस् । छेना तयार भयो त्यसपछि त्यो छेनालाई एउटा सफ फलेक वा त्यस्तै भाडोमा हाल्नुहोस् । बाँकी तपाईको हत्केलाले त्यसलाई राम्ररी मिन हुने गरी माड्न सकियोस् । माडिसकेपछि छेना आधा साना चम्चा व्याकिङ पाउडर र ठूलो चम्चा आरारोट या १ चम्चा मैदा मिलाउनुहोस् । त्यसपछि एक लिटर पानीमा २ किलो चिनी एउटा मुख फराक भएको भाडो या कर्राईमा चास तयार गर्नुहोस् । चिनीको चास तयार भएपछि छेनलाई राम्ररी सानो सानो डल्लो बनाई त्यही चासमा हाली उमाल्नुहोस् । फिज आउनको लागि अलिकति मैदा पानीमा घोलेर चास हाल्नुहोस् र अर्को चुल्होमा पानी पनि बसाल्नुहोस जब चास सुक्दै जान्छ तब डाडुले पानी हाल्नु चलाउनुहोस् । एवं रितले १५/२० मिनेट पकाउनुहोस् । र एउटा भाडोमा उमालेको पानी हाली त्यसमा रस भरी झकिेर हाल्नु होस् रसभरी झकिी सकेपछि त्यसमा थोरै चास हाल्नुहोस् । अब रसवरी तयार भयो ।

लालमोहन बनाउने तरिका

आवश्यक सामाग्री
-क) खुवा
-ख) घ्यू
-ग) चिनी
-घ) मैदा

बनाउने तरीका ः सबभन्दा पहिले डेढप लिटर पानीमा ३ किलो चिनी हाली पकाउनु होस् । त्यसपछि फराकिलो भाँडोमा १ किलो खुवा ३००/४०० ग्राम मैदा, मिलाउनुहोस् । स्वादको लागि ल्वाङ, सुकुमेल, दाल्चीनी, जाइफल जे मनपर्छ त्यो हाल्नुसक्नुहुन्छ त्यसपछि पानी नहाली खुवा मैदालाई राम्ररी मिच्नुहोस् वा माड्नुहोस् अनि त्यसलाई डल्ला बनाउनु होस् त्यसपछि कर्राईमा घिउ पगाल्नुहोस् । पग्लीसकेपछि आगोको आँच विस्तारै कर्राईमा हाली सानो आँचमा पकाउनु होस् रातो भएपछि पहिले नै पकाई राखेको चासमा हालेर विस्तारै चलाउनुहोस् । अब लालमोहर तयार भयो ।

प्रतिलिपि अधिकार © २००९ सेवा सदन सर्वाधिकार सुरक्षित