मांसाहारी परिकार
मुगल चिकेन ग्रेवी

सामाग्री ः १ के.जी. कुखुराको मासु, २५ ग्राम काजु पिधेको, २५ ग्राम वटर, पिनट पेष्ट २५ गं्राम, पेस्ता पिधेको ३०० ग्राम, दही १५० ग्राम, १०० ग्राम प्याज, क्रिम ७५ मि.लि., दूध १० ग्राम, अढुवा १० ग्राम, लसुन पिधेको १० ग्राम, २ वटा हरियो खर्ुसानी, वेसारको धुलो, ल्वाङ, सुकुमेल, दालचिनी, जाईफल, तेजपात, जिरा, धनियाँ १०/१० ग्राम, नुन १० ग्राम, मरिचको धुलो, ४/५ वटा केसर, १ चिम्टी सोयासस १ चम्चा, २ चम्चा भेनेगर, १ अण्डा, तेल प|mाई गर्न पुग्ने ।

बनाउने विधि ः मासुलाई अन्दाजी २५ ग्राम जतिको पिस गर्नु र राम्रोसँग तातो पानीमा पखाल्नुहोस् र सोयासस् भेनेगर, फुल, नुन, बेसार मिलाएर मोल्नुहोस् तेलमा अलि अलि रातो हुने गरी प|mाई गर्नु र बाँकी तेलमा प्याज प|mाई गर्नु र अढुवा, लसुन र अन्य मसला राखी तेल छुटुन्जेलसम्म चलाउनु । अनि मासु राख्नु एकछिन चलाएपछि दही फिटी राख्नु र दुध तताई केसर फिट्नु र मासुमा राख्नुहोस् । इच्छा अनुसारको ग्रेवी राख्नुहोस् । तयार भयो ।

मटन रोगन जोस

सामाग्री ः १ किलो मासु, २५० ग्राम दही, १५० मि.लि. तेल, ल्वाङ, सुकुमेल ३/४ वटा, पिसेको लसुन १०० ग्राम, अदुवा पिसेको १०० ग्राम, खोर्सर्ााको धुलो एक चिया चम्चा, बेसारको धुलो आधार चम्चा, जिरा धनियाँको धुरो २/२ चिया चम्चा, प्याज ३०० ग्राम, गरम मसला १ चम्चा, जाईपत्तीको धुलो १ चम्चा, हरियो धनिया, नुन, मरिचको धुलो इच्छानुसार, अजिनोमोटो १ चिया चम्चा, भएमा इच्छानुसार काजु र किसमिस पनि ।

बनाउने विधि ः प्याजलार्य प|mाई छुट्टै राख्नु, मासुलाई सानो पिस गरेर काट्नु र सफा गरेर दहीमा मल्नु, एउटा भाँडोलाई आगोमा तताई तेल राख्नु र त्यसमा सुकुमेल, ल्वाङ, बेसार राखी १० सेकेण्ड जति चलाउनु र लसुन, अदुवा, खोर्सर्ाा, जिरा, धनियाँ, नुन आदिको धुलो राखी एकछिन चलाउनु । अब अघि दही मलेर राखेको मासु त्यस भुटेको मसलामा राखी रानो आगोमा पकाउनु । यदि नपाकेमा तातो पनी राखेर पकाउनु । मासु पाकेपछि प|mाई गरेको प्याज राखी राममा १० मिनेट जति छोपी चलाउनु । त्यसपछि गरम मसला, सुकुमेल, जाईपत्ती, आदिको धुलो राख्ने र अन्तमा अदुवाको पिस, धनियाँको पत्ता छरिदिने । अब स्वादिष्ट परिकार तयार भयो ।


मटन कवाफ


हाम्रो देश नेपालमा मनाइने ठूलो चाड बडादशैं भएकोले र हाम्रो परम्परा अनुसार नयाँ लुगा लगाउने र मासु खाने टिका लगाउने मन्दिर जाने त छँदैछ । त्यसमा पनि विशेष गरेर खसीको मासु खाने चलन धेरै छ र यहाँ दशैंमा पकाइने कवाफ र मासुको अचार बनाउने विधि दिइएको छ । यहाँ किलोबाट दिइएको छ । सोही अनुपातमा मसला राख्नुहोस् ।

सामाग्री ः १ किलो मासु डेढ इन्चको पीस गर्नु, ४/५ पीस ल्वाङ, सुकुमेल, इलाइची, दालचीनी, तेजपात, १०० ग्राम तेल, १ चम्चा राम्रो घिउ, १०० ग्राम अदुवा, १ चौर्टाई चम्चा मरिचको धुलो, २/२ चम्चा जिरा धनियाँको धुलो, १/१ चम्चा बेसार, खोर्सर्ााको धुलो, आधा चम्चा जाइफलको धुलो, आवश्यक नुन ।

बनाउने विधि ः मासु सफा गरी तेल बेसार र अन्य सबै मसला राखी राम्रो मुछ्नु र बाक्लो भाँडोमा पकाउनु । मासुमा भएको पानी सुकेपछि आगो सानो गरी छोपेर पकाउनु । पासिसकेपछि घिउ राखी चलाएर छोडिदिनु । तयार भयो । यसरी पकाएको मासु प्रिmजमा नराखे पनि ४/५ दिनसम्म राखेर खान सकिन्छ । तर चिसो डाडुले चलाउनु हुँदैन । आफूलाई चाहने मात्र निकाली तताउनर्ुपर्छ । प्याज र लसुन पनि राख्नु हुँदैन ब्रि्रन्छ ।


मासुको अचार


सामाग्री ः १ किलो खसीको मासु -छाला बोसो नभएको), तोरीको तेल आवश्यकता अनुसार, १० ग्राम सुकेको रातो खोर्सर्ाा भुटेर पिध्नु, २५/२५ ग्राम जिरा, धनियाँ, रायषे वा मुलाको बिउ -दाना) भुटेर पिध्नु, नुन, बेसार, चूक अमिलो आधा चम्चा, ५०/५० ग्राम अदुवा पीस गरेको ।

बनाउने विधि ः मासु सफा गरी नुन बेसार राखेर पाक्ने गरी उसिन्नु र पानी निचोरेर लामो मसिनो पीस गर्नु । अब तेल तताई राम्रो कडा हुने गरी प|mाई गर्नु । अदुवा, लसुन पनि प|mाई गर्नु र बचेको तेलमा सबै मसला अदुवा, लसुन, अमिलो राखी चलाउनु र सुख्खा सीसीमा राख्नु । तेल नपुगेमा अर्को तताई डुब्ने गरी राख्नु तेलमा यसरी बनाएको अचार ५/६ महिनासम्म राखी खान सकिन्छ । सीसीबाट निकाल्दा चम्चा चिसो हुनु हुँदैन । यो अचार खसी बाहेक चिकेन वा वफको पनि बनाउन सकिन्छ । तर वफ बनाउँदा अलिकति टिमुरको धुलो राख्नर्ुपर्छ । अन्य मसला सोही अनुसार राख्नर्ुपर्छ ।


मटन छोयला


सामाग्री ः १ किलो मासु -बोसो नभएको तर मनपर्ने भएमा छाला राखे हुन्छ), ५० ग्राम सुकेको रातो खोर्सर्ाा भुटेर पिनेको, ५० ग्राम लसुनर अदुवाको पेष्ट, १/१ चम्चा जिरा धनियाँको धुलो, भुटेर पिधेको आधा आधा चम्चा मरिच, टिमुरको धुलो, नुन बेसार इच्छानुसार र मुठा हरियो लसुन, तोरीको तेल ५० ग्राम ।

बनाउने विधि ः मासु सफ गरेर चेप्टो लामो पीस गर्नु र नुन बेसारमा मोली आधा घण्टा छोडिदिनु । अब गोल कोइला वा ग्याँस वा स्टोभमा एउटा जाली राखी मासुलाई राम्रोसँग पोल्नु र पोलेको मासुमा सबै मसलाहरू राखी मोल्नु । यदि इच्छा भएमा अलिकति कागति पनि राख्न सकिन्छ । यो परिकार खसी बाहेक अरु मासको पनि बनाउन सकिन्छ । जस्तै चिके, बफ, हाँस इत्यादि ।


स्पेशल मुंगलाई विरियानी


सामाग्री ः १ किलो वासमति चामल, १/२ किलो खसि या कुखुराको मासु वोसो छाला हड्डी नभएको, २०० ग्राम प्याज मसिनो काटेको, १/२ लि दूध, वदाम ५० ग्राम, काजु किसमिस ५०/५० ग्राम, ४/५ वटा सुकुमेल ल्वाङ इलाइची तेजपात दालचिनी १००/१००, अदुवा लसुन पिस १०० ग्राम, मटर दाना १०० ग्राम, राम्रो घिउ १०० ग्राम, वदामको तेल १ टेवुल स्पुन, विरियानी मसला, -बजारमा पाइन्छ) नुन, अजिनोमोटो इच्छाअनुसार केसर ५/६ पिस १/४ टि स्पुन वेसार ।

बनाउने विधि ः चामल सफा गरि भिजाउनु, मासु सफ गरि नुनु राखी उसिन्नु र सानो पिस गर्नु १०० ग्राम तेल राखी मासु पकाउनु र छुट्टै राख्नु । प्याज, काजु, किसमिस, वदाम, अदुवा, लसुन, प|mाई गरि छुट्टै राख्नु अब घिउ तताई ल्वाङ सुकुमेलहरू फुराउनु, चामलको पानी तारी घिउमा भुट्नु र आवश्यक पानी राखी पकाउनु चामको पानी सुकेपछि मटर मासु र प|mाई गरेको प्याज राख्नु काजु किसमिसले सजाई र्सर्भिस गर्नु ।

 


प्रतिलिपि अधिकार © २००९ सेवा सदन सर्वाधिकार सुरक्षित