वि.सं. २०४० सालमा स्थापना भई वि.सं. २०४६-१-२७ मा नेपाल सरकारमा दर्ता भई हालसम्म तपाईहरूको सेवामा समर्पित यस सेवा सदन कुकिङ्ग एण्ड क्याटरिङ्ग र्सर्भिस सेन्टरको यो सानो प्रयास यहाँहरू सामु प्रस्तुत गर्दछौं ।
यस संस्थाका संस्थापक तथा कुक श्री दामोदर पौडेल वि.सं. २०३६ साल देखि नै नेपालका विभिन्न होटलहरूमा काम गर्दै र अनुभव बटुल्दै विभिन्न कार्यक्रमहरू जस्तै विवाह, व्रतबन्ध, पास्नी, पिकनिकहरूमा स्वादिष्ट परिकारका साथै हाफ तथा फुल क्याटरिङ्गको सेवा उपलब्ध गराउँदै आउनुभएको छ ।
यस सेवा सदनले नेपालको पहिलो टेलिभिजन च्यानल नेपाल टेलिभिजनको पहिलो वाषिर्कोत्सव -२०४१-१०-१७) मा समेत सेवा प्रदान गरेको थियो । यसैगरी विभिन्न मन्त्रीहरू सम्मिलित सेमिनारहरूमा पनि सेवा प्रदान गर्दै आएको छ ।
तपाईहरूको सुविधाको लागि हामीहरूले यो बेभसाइट मार्फ केहि जानकारी उपलब्ध गराएका छौं । विभिन्न मेनुहरूका साथै सम्बन्धित तस्वीरहरू पनि यस वेबसाइट मार्फ यहाँहरू समक्ष प्रस्तुत छ । |